Sajhamanch Archive

शिवसताक्षीको दूधेमा आदर्श मार्ग कालोपत्रे

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी न.पा. ११ दूधे स्थित आदर्श माग कालोपत्रे गरिएको छ । आइतबार नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीता राई, शिक्षा प्रमुख सुरेन्द्र दाहाल, इन्जिनिर कृष्ण राई, वडाध्यक्ष भैरवकुमार श्रेष्ठ लगायतको टोलीले संयुक्त रुपमा उक्त सडकको उद्घाटन गरेका छन् ।

शिवसताक्षी नगरपालिका र स्थानीय उपभोक्ताको साझेदारी कार्यक्रम अन्तर्गत सडक कालो पत्रे गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

सडक उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख चन्द्रकुमार सेर्माले नगरपालिका र उपभोक्ताबाट साझेदारीबाट काम गर्दा सडकहरु चाडो कालो पत्रे हुने बताए । नगरपालिकाले नगर गौरवको आयोजनामा लगानी धेरै भएकाले एकै वर्षमा सबै सडक कालो पत्रे नसकिने भन्दै साझेदारी कार्यक्रमबाट काम गर्न सरल हुने जानकारी दिए । उनले सडक गुणस्तरीय निर्माण भएको भन्दै उपभोक्ता समितिलाई धन्यवाद पनि दिएका थिए । आउँदो आ.व.मा दूधे अन्य भित्री सडक पनि साझेदारी कार्यक्रम उपभोक्ताले ल्याउन सके सडक कालोपत्रे गर्ने उनको भनाई थियो ।

सो सडक २६१ मिटर लामो र ढलसहित २० फुटको निर्माण भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रविन राईले जानकारी दिए । दुवै किनारामा ढल सहित ६३ लाख ६२ हजार ४ सय १३ जसमा नगरपालिकाबाट अनुदान ४४ लाख ५३ हजार २९ रुपैया र उपभोक्ताबाट १९ लाख ८ हजार ४ सय ८३ रुपैयाको लागतमा सो सडक कालोपत्रे भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । सडक निर्माणका लागि कच्चा पदार्थ लगायत अन्य आवश्यक सामाग्री स्थानीय देवेन्द्र खरेलले उपलब्ध गराएका थिए ।

कार्यक्रमको स्वागत नवराज घिमिरेले गरेका थिए भने सञ्चालन रविन घिमिरेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *