Sajhamanch Archive

सलमानकी नयाँ प्रेमिका प्रज्ञा

Published: in गीत/संगीत/मनोरञ्जन by .

मुम्बई । बलिउड स्टार सलमान खान र आयुष शर्माको फिल्म ‘अन्तिमस् द फाइनल ट्रुथ’को अहिले लगातार चर्चा छ ।

केही दिनअगाडि टिजर समेत सार्वजनिक भएको फिल्ममा सलमान सिख पुलिस अधिकारीको भूमिकामा देखिँदैछन् । आयुष भने फिल्ममा ग्याङ्स्टारको रुपमा प्रस्तुत हुँदैछन् ।

फिल्मका लागि हिरोइन समेत चयन भएको छ । साउथकी अभिनेत्री प्रज्ञा जायसवाल यस फिल्ममा सलमानकी प्रेमिका बन्दैछिन् । प्रज्ञाले फिल्मको सुटिङ समेत सुरु गरेकी छन् । फिल्मको सुटिङपछि पनि सलमान र प्रज्ञा एकसाथ देखिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *