Sajhamanch Archive

सिक्किममा भारत–चीन सेनाबीच झडप

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । भारतको सिक्किमस्थित भारत–चीन सीमाक्षेत्रमा दुई मुलुकका सेनाबीच झडप भएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार तीनदिनअघि सिक्किमको नाकुला पासमा उक्त झडप भएको हो । समाचारमा उल्लेख गरिएअनुसार उक्त झडपमा दुवै पक्षका सेनाहरु घाइते भएका छन् ।

झडपमा चीनका २० सैनिक  र भारतका चार जवान घाइते भएका छन् । यद्यपि, भारतीय सेनाले घाइतेको कुनै जानकारी भने दिएको छैन । यद्यपि अहिले भने उक्त क्षेत्रको अवस्था सामान्य रहेको समाचारमा उल्लेख छ । भारत–चीन सीमाक्षेत्रमा बेलाबेलामा झडप हुने घटना पछिल्लो समय बढ्दै गएका छन् ।

सन् २०२० को जुनको मध्यमा लद्दाखस्थित दुई मुलुकको सीमाक्षेत्रमा भएको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई मुलुकको सम्बन्ध पनि तनावपूर्ण बन्दै गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *