९६ हजार डोज खोप विराटनगर आइपुग्यो, बुधबारबाट लगाइने
Published:
by .विराटनगर । सङ्घीय सरकारले पठाएको ९६ हजार डोज कोरोनाविरुद्धको भ्याक्सिन विराटनगर आइपुगेको छ । पहिलो चरणमा अभियान सञ्चालनका लागि सोमबार नौ हजार ६ सय भाइल ९एक भाइलमा १० जनालाई पुग्ने० कोरोनाविरुद्धको खोप विराटनगर आइपुगेको हो ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीका अनुसार सोमबार नै खोप मोरङ र सुनसरीमा पठाइएको छ । अन्य जिल्लामा मङ्गलबार बिहान पठाइनेछ । उनका अनुसार एक भाइलमा १० डोज भ्याक्सिन हुन्छ । सङ्घबाट प्राप्त खोपले पहिलो र दोस्रो चरणमा लगाउन पुग्ने उनले बताए ।
प्रदेश सरकारले प्रदेश १ का १४ जिल्लाका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका गरी ३४ हजार आठ सय ५१ जना र सात सय २५ सरसफाइ कर्मचारी गरी ३५ हजार पाँच सय ७६ जनालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ ।
प्रदेश २ को सप्तरी र सिरहाका लागि पनि विराटनगरबाट नै खोप पठाइनेछ । सिरहामा तीन हजार नौ सय ३० र सप्तरीमा तीन हजार सात सय ५४ जनालाई खोप लगाइँदै छ । प्रदेश २ का दुईवटा जिल्लासहित ४३ हजार दुई सय ६० जनालाई खोप लगाइनेछ ।
Comments