झापामा कोरोनाविरुद्धको खोप बुधबारबाट लगाईने
Published: (Updated: )
by .विर्तामोड । झापामा भोली (बुधबार) बाट कोरोना विरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा नौ हजार व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाइने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यसका लागि आवश्यक तयारी पुरा भएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
पहिलो चरणमा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव वाहनका चालक, महिला स्वाथ्य स्वयम्सेविका र सरसफाईमा कार्यरत कर्मचारीहरुलाई खोप लगाइने चौलागाईले जानकारी दिएका छन् ।
जिल्लाको तीन स्थानमा खोप कार्यक्रम सञ्चालन बताइएको छ। मेची अस्पताल भद्रपुर, अनारमनी स्वास्थ्य केन्द्र बिर्ताबजार र दमक अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुने छ ।
सरकारले पठाएको खोप २–८ डिग्री सेन्टिग्रेटमा स्वास्थ्य कार्यालय र खोप केन्द्रमा राखिने छ । झापालाई केन्द्र सरकारले सिधैं पठाएको छ भने प्रदेश १ र २ का अन्य जिल्लालाई विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा पठाएको छ ।
Comments