Sajhamanch Archive

कोभिडविरुद्धको खोप कसले लगाउन मिल्दैन ?

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारबाट शुरु हुँदैछ । खोप लगाउनको नामावली सरकारले तयार पारिसकेको छ । नेपालमा कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने सरकारको योजना छ ।

१५ वर्ष मुनिका बालबालिकामा कोभिड–१९ विरुद्धको खोप परीक्षण नभएकाले उनीहरुलाई खोप दिइने छैन । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार अस्थिर शारीरिक अवस्था भएका, मुटु रोगको औषधि प्रयोग गरिरहेका जटिल बिरामीले यो खोप लगाउन मिल्दैन । यस्तै अक्सिजन लिइरहेका बिरामीले पनि कोभिडविरुद्धको खोप लिन मिल्दैन ।

गर्भवती महिलालाई पनि कोभिड–१९ विरुद्धको खोप दिन नहुने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. पीआर पन्तको भनाइ छ । गर्भवतीको शरीर र पेटमा भएको शिशुलाईसमेत यो खोपले नकारात्मक असर गर्नसक्ने सम्भावना भएकाले उनीहरुलाई यो खोप दिन नहुने उनको तर्क छ ।

सरकारले पहिलो चरणमा खोप लगाउनको सूचीमा यदी कोही स्वास्थयकर्मी नै यस्ताखाले बिरामी, गर्भवती, स्तनपान गराइरहेका महिलाहरुलाई ‘वेटिङ लिस्ट’मा राखेको छ । खोप सचिवालय सदस्य डा. श्यामराज उप्रेतीका अनुसार यस्ता व्यक्तिको नामावली खोप सूचीमा भए पनि उनीहरुलई केही समय पर्खाइमा राखेर अवस्था सामान्य भएपछि खोप दिइने छ ।

                                                                                                                           बाह्रखरीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *