Sajhamanch Archive

कांग्रेसले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो ।

यही माघ १९ गते कांग्रेसको भातृसंगठनले विरोध प्रदर्शन गर्ने, २४ गते कांग्रेसको शुभेच्छुक संस्थाले प्रदर्शन गर्ने र फाल्गुण ३ गते जिल्ला कार्यसमितिहरुको नेतृत्वमा जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *