Sajhamanch Archive

प्रदेश–१ मा २८ हजार ६०५ जनालाई खोप लगाइने

Published: (Updated: ) in प्रदेश तह, स्वास्थ्य by .

विराटनगर । प्रदेश नम्बर–१ मा कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप लगाउन सुरु गरिएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप आजबाट लगाउन सुरु गरिएको हो ।

सामाजिक विकासमन्त्री हिक्मत कार्कीले प्रदेशमा खोप अभियान सुरु गरेका हुन् । विराटनगरको कोसी कोभिड–१९ अस्पतालमा कोसी अस्पतालका मेसु चुमनलाल दास र डा. दीपक सिग्देलले पहिलो खोप लगाएर अभियान सुरु गरिएको छ ।

प्रदेश–१ आज २८ हजार ६०५ जनालाई खोप लगाइने जनाइएको छ । खोप लगाउन मोरङमा पाँच, सुनसरीमा चार, इलाम र झापा तीन/तीन र बाँकी १० जिल्लामा एक/एक केन्द्र तोकिएको छ । प्रदेश–१ मा ३५ हजार ५७६ जनालाई खोप दिने सरकारको तयारी छ ।

                                                                                                                            बाह्रखरीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *