Sajhamanch Archive

अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न

Published: (Updated: ) in समाज, स्थानीय तह by .

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.१० मंगल चोकमा २१ दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

जनसचेत युवा समाज अर्जुनधारा नगरपालिका वडा नं.१० को आयोजनामा सुरु भएको तालिम आज सम्पन्न भएको हो ।

उक्त तालिमको सहजीकरण सञ्चारकर्मी हरिकृष्ण भण्डारी र विचार चौतारी युवा क्लबका कोषाध्यक्ष उत्सव भट्टराईले गरेका थिए ।

सो तालिममा प्रशिक्षार्थीहरुलाई कुन कार्यक्रममा कसरी उद्धघोषण गर्ने, कसरी सुमधुर बोल्ने, आत्मबल कसरी बढाउने, डरको व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण गराइएको थियो ।

उक्त तालिम समापान समारोहमा प्रशिक्षार्थी कमला वान्तवा राई, इच्छु चेम्जोङ, निशान राई, आयुस केरुङ, अनिस राई लगायतले आ-आफनो सिकाइ मन्तव्य राखेका थिए ।

जनसचेत  युवा समाजका अध्यक्ष समिर लुम्बाको अध्यक्षतामा भएको तालिम समापन समारोहको प्रमुख अतिथि पूर्व स्वास्थ्य राज्य मन्त्री धर्मशिला चापागाईं रहेकी थिइन् ।

उक्त तालिम समापान समारोहमा प्रमुख अतिथि चापागाईं, अर्जुनधारा नगरपालिका वडा नं.१० का वडा सदस्य भोला गौतम, समाजसेवी सुमन नेम्बाङ लगायतले आ -आफना धारणा राखेका थिए ।

सो अवसरमा संस्थाका सदस्य सरिता चेम्जोङले जनचेतना युवा समाजको पुष्ठभूमिका साथै कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् ।

संस्थाका सदस्य सम्झना नेम्बाङले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष पूर्ण वान्तवा राई र कोषाध्यक्ष चोगेन आङदेम्बेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *