चुलाचुलीका युवा बाख्रा पालनमा, विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी
Published: (Updated: )
by .कमल । ईलाम चुलाचुलीका युवा यतिवेला बाख्रापालन व्यवसायमा रम्न थालेका छन् । अन्य व्यवसायको तुलनामा बाख्रापालन व्यवसायमा लगानी थोरै लाग्ने, पाल्न पनि सजिलो र आम्दानी पनि छिटै हुने भएकोले यो व्यवसाय रोजेको व्यवसायी बताउँछन् ।
केही समय अघिसम्म अलग–अलग रुपमा व्यवसाय सञ्चालन गर्दै आएका कृषक एतिवेला संगठित रुपमा बाख्रापलन व्यवसाय सन्चालन गर्न थालेका छन् । संगठित रुपमा व्यवसाय सन्चालनगर्दा सरकार बाट पाउने सुविधाका साथै बजार पाउन सजिलो हुने भएकाले संगठिन हुन थालेको नमुना बाख्रा पालन समुह चुलाचुली २ हात्तीलेदाकी अध्यक्ष महेन्द्रकुमारी कार्की (खत्री) ले बताईन् ।
१५÷१६ वर्षदेखि बाख्रा पालन व्यवसाय सञ्चालन गर्दै आउनु भएकी कार्कीसँग अहिले माउ र पाठापाठी गरी ५० वटा बाख्रा छन् । अन्य व्यवसायको तुलनामा बाख्रा पाल्न सजिलो, थोरै जनशक्तिले हुने, जोखिम पनि कम हुने र घाँस पनि सहजै उपलब्ध हुने भएर नै यो व्यवसाय रोजेको कार्की बताउँछिन् ।
सरकारले कृषि तथा पशुपालन व्यवसाय गर्न युवा लाई सस्तो व्याजमा कर्जा र विभिन्न शिर्षकमा अनुदान दिने निर्णय गरे पनि वास्तविक व्यवसायीले अहिलेसम्म राज्यबाट पाउने सुविधा नपाएको अध्यक्ष कार्कीले गुनासो गरिन् ।
आठ वर्षसम्म वैदेशिक रोजगारीमा गई स्वदेश फर्किएर बाख्रा पालन व्यवसाय सुरु गरेको स्थानीय डिल्लीप्रसाद दुलाल बताउँछन् । उनी हाल कमल रतुवा सामुदायिक बाख्रा श्रोतकेन्द्रका अध्यक्ष छन् ।
विदेशमा काम गरेजति दुःख यही गर्दा बाख्रापालनबाट धेरै हुने गरेको दुलाल दुलालले बताए । विदेश जाँदा लाग्ने रकम र त्यहाँ पुगेपछि पाईने दुःख संम्झनाले मनै पोल्छ उनले भने । हामीलाई विदेशमा जान रहर होइन सरकारले हामी जस्ता युवालाई देशमै रोजगारी वा व्यवसाय गर्ने वातावरण बनाउने हो भने स्वदेशमै परिवारसँग बसेर त्यहाँको आम्दानी गर्न सकिने दुलालले बताए ।
अध्यक्ष दुलालसँग हाल ५५ वटा बाख्रा छन् । अन्यत्रबाट खरिद गरेर ल्याउनु भन्दा स्थानिय बाख्रालाई उन्नत जातका बोकामा क्रस गराएर जन्मिएका पाठा पाठी निरोगी र उत्पादनशिल हुने भएकोले यसैमा आफु लागी परेको उनको भनाई छ ।
बाख्रा पालनबाट सबै खर्च कटाएर वार्षिक तीनदेखि ३ लाखदेखि ५ लाख सम्म आम्दानी हुने गरेको छ ।
कमल रतुवा सामुदायिक बाख्रा श्रोतकेन्द्रमा अहिले ७८ जना बाख्रा पालक कृषक आवद्ध छन् भने करिव ८ सय भन्दा बढी बाख्रा रहेको छ ।
बाख्रा पालन व्यवसायबाट आम्दानी राम्रो हुने भएर नै ईलाम चुलाचुली गाउँपालिकाका युवा आकर्षित बनेका हुन । तर अधिकांश बाख्रा व्यवसायी गुनासो स्थानिय निकाय लगायत विभिन्न एनजिओ आईएनजिओले समेत वास्तविक कृषकलाई सहयोगको आश्वासन मात्र दिनेगरेको र झोलामा फर्म बोकेर हिड्ने गरेकालाई मात्र अनुदान र सहयोग रकम उपलब्ध गराउने गरेको बाख्रापालन व्यवसायीरुको गुनासो छ ।
जबसम्म झोलामा फर्म बोकेर हिड्ने कृषकलाई कुनै पनि सहयोग र अनुदान दिन बन्द गरिदैन तवसम्म बास्तविक कृषक सरकारी सुविधा लिनबाट सँधै बञ्चित हुने सम्बन्धित निकायलाई हेक्का हुन जरुरी छ ।
Comments