Sajhamanch Archive

नेपालमा भ्रष्टाचार झन् बढ्यो

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपालमा भ्रष्टाचार झन् बढेको छ । भ्रष्टचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३३ अंकसहित ११७ औं स्थानमा उक्लिएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन इन्डेक्स–२०२०’ अनुसार नेपाल भ्रष्टाचारमा ३३ अंकसहित ११७औँ स्थानमा पुगेको हो। यसअघि सन् २०१९ को प्रतिवेदनमा नेपाल ३४ अंकसहित ११३ औं स्थानमा थियो ।

१ सय ८० वटा देश समेटिएको उक्त प्रतिवेदनले विश्वभर भ्रष्टाचार नियन्त्रणका लागि एकदमै न्यूनस्तरमा कदम चाल्ने गरिएको भन्दै चिन्ता जनाएको छ । यस्तै, नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ ।

राजनीति, न्यायमा पहुँच, वित्तीय अनुशासनसहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सूचकांक तयार पारिने जननाइको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ ।

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको पहिलो श्रेणीमा डेनमार्क र न्युजिल्यान्ड छन्। ती देशले ८८ अंक पाएका छन्। त्यस्तै, सबैभन्दा बढी भ्रष्टाचार हुनेमा साउथ सुडान र सोमालिया छन्। उसले ९ अंक पाएको छ ।

दक्षिण एसियामा भने सबैभन्दा कम भुटान र बढी भ्रष्टाचार अफगानिस्तानमा हुने देखाएको छ। सन् २०२० को सूचकांकमा दक्षिण एशियाली मुलुकहरू मध्ये भुटान ६७ अंकसहित २४ औं स्थानमा रहेको छ ।

सार्क राष्ट्रमध्ये भारत ८६ औं, श्रीलंका ३८ औं स्थानमा र माल्दिभ्स ४३ औं स्थानमा रहेका छन् । १२४ औं स्थानमा पाकिस्तान रहेको छ भने बंगलादेश १४६ औं स्थानमा छ। ‍अफनिस्तानले जम्मा १९ अंक प्राप्त गरेको छ र १४७ औं स्थानमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *