दमकमा कर्णाली सहकारीको सदस्य अनुशिक्षण कार्यक्रम
Published:
by .दमक । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले विहीबार दमकमा सदस्य अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको कार्यक्रम दमक सेवाकेन्द्रका ब्यवस्थापन उपसमितिका संयोजक शेरबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सुभकामना मन्तव्य राख्दै उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले व्यवसायीहरुलाई कर्जा प्रबाह गर्दा ब्याजदर लगायतमा सहुलियत दिन आग्रह गरे ।
सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा संस्थाको नीति नियम सेवा सुबिधासहित विदेश उपचार कोषको बारेमा सहकारीका सचिव भुपाल बस्नेत, संस्थाको मोबाइल बैंकिङ सहित प्रबिधिको बारेमा सहकारीका आईटी प्रमुख तारानाथ सेडाईं र संस्थाको वर्तमान कारोबार अवस्थाका बारेमा दमक सेवाकेन्द्र प्रमुख सुजन भण्डारीले सहजिकरण गरेकोे दमक सेवाकेन्द्र व्यवस्थापन समिति सदस्य गिरिराज भट्टराईले जानकारी दिए ।
कार्यक्रममा कर्णाली सहकारीका उपाध्यक्ष इश्वरीप्रसाद खरेल, कोषाध्यक्ष एकराज विष्टसहित दमक सेवा केन्द्रका व्यवस्थापन उप समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
दमक सेवा केन्द्र अन्तर्गत रहेका सदस्यहरुलाई सञ्चालन गरिएको कार्यक्रममा ७३ जना सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
Comments