Sajhamanch Archive

नयाँ वर्षमा ‘कृष्ण लीला’ ?

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

सरकारले सिनेमा हल खोल्न र छायांकन अनुमति दिएपछि करीब १० महिना ठप्प रहेको फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । पुष १० गतेबाट खुलेका सिनेमा हल दर्शकको पखाईमा भए पनि फिल्म निर्माण बढेको छ । सरकारले छायांकन अनुमति दिएपछि केही फिल्मको छायांकन समेत पूरा भइसकेको छ । यसमध्ये एक हो, ‘कृष्ण लीला’ । यो फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ ।

अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको फिल्मको केही दिनमा पहिलो गीत सार्वजनिक गरिँदैछ । योसँगै फिल्मको प्रदर्शन मिति घोषणा गरेर प्रचार-प्रचार आक्रामक बनाउने तयारीमा निर्माण टिम छ । प्राप्त जानकारी अनुसार, निर्माण पक्ष नयाँ वर्ष (२०७८) मा फिल्म प्रदर्शन गर्ने तयारीमा जुटेको छ । फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन् ।

‘कृष्ण लीला’ मा बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतको पनि अभिनय छ । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सवेदीको कथा, रामजी लामिछानेको कोरियोग्राफी र बाबु श्रेष्ठको छायांकन रहेको छ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *