दुई वर्षे बालकले दिनमा ४० वटा चुरोट पिउँछन्, (भिडियो)
Published: (Updated: )
by .उनले चुरोट पिउन थालेलगत्तै रापी सुकाबुमी इलाकामा निकै चर्चित भए । उनलाई मानिसहरुले चुरोट दिन्छन्, उनको लागि सल्काइदिन्छन् र खाएको देखेर हाँस्छन् ।
रापीलाई विगत दुई महिनादेखि चुरोट नखाइ नहुने भएको छ । उनी आजकाल चुरोटसँगै कफी र केक पनि खान्छन् । उनकी आमा मार्यातीले छोरालाई दिनमा दुई बट्टा चुरोट दिने गरेको स्विकार्छिन् । उनका अनुसार चुरोट नदिए छोराको व्यवहार सम्हाल्नै नसक्ने हुन्छ ।
‘छोराले विगत दुई महिनादेखि लगातार चुरोट पिइरहेको छ । यदि मैले उनलाई चुरोट दिइनँ भने ऊ सुत्न सक्दैन । ऊ रुने र चिच्याउने गर्छ,’ मार्यातीले पत्रकारलाई भनिन् ।
अत्यधिक नकारात्मक प्रतिक्रिया पाइरहेका रापीका आमाबुवाले आफ्नो छोराको यस्तो बानी हटाउन अस्पताल पुर्याउने सोच बनाएका छन् ।
Comments