Sajhamanch Archive

मनकामनाले गर्यो विद्यार्थीहरुलाई विदाई

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा by .

बिर्तामोड । बिर्तामोडस्थित मनकामना कलेजले स्नातक तह तेश्रो वर्षमा बिए र बिएसडब्ल्यू संकायमा अध्ययनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच विदाई गरेको छ ।

क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक संयोजक कुमार थपलिया, कलेजका विभिन्न संकायका विभागीय प्रमुख, प्राध्यापक लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु उमेश खतिवडा, विरु दर्नाल र श्रद्धा प्रसाईंले विदाई मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा विदाई हुने विद्यार्थीका तर्फबाट आशिष खतिवडा, पवन खनाल, अनु पौडेल, सरोज खरेल, प्रदिप लुईंटेल र दिपेश सुवेदीले कलेज पढ्दाका आ-आफ्ना अनुभव र अनुभूति राखेका थिए ।

सो अवसरमा प्राध्यापकको तर्फबाट शैक्षिक संयोजक कुमार थपलिया, बिएसडब्ल्यू संकाय विभागीय प्रमुख सौरभ प्रसाईंं, व्यवस्थापन संकायका विभागीय प्रमुख उदय कटुवाल र प्राध्यापक नविना सापकोटाले शुभकामनासहितको विदाई मन्तव्य राखेका थिए ।

कलेजका शिक्षा संकायका विभागीय प्रमुख भेषराज चम्लागाईंले विदाई कार्यक्रमको औचित्यसहित मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन क्याम्पस सहायक प्रमुख राजेन्द्र प्रसाईं र प्राध्यापक गोपाल काफ्लेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *