Sajhamanch Archive

राष्ट्रसंघका महासचिवले लगाए कोरोनाविरुद्धको खोप

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । संयुक्त राष्ट्र सङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । संयुक्त राष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले यसको जानकारी दिएको छ ।

गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत आफू भाग्यशाली र कृतज्ञ भएको बताउँदै यस कुराको जानकारी दिएका हुन् । साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई खोप सबैका लागि यथोचित रूपमा उपलब्ध गराउनका लागि सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताएका छन् । न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ ।

गुटेर्रेसले गएको महिनामात्र यो खोप आफूले पनि लगाउने घोषणा गरेका थिए । वृद्धवृद्धाका लागि खोप झन् असुरक्षित हुन्छ कि भन्ने त्रास रहेकाले उनले खोप लगाउने घोषणा गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *