Sajhamanch Archive

‘काेराेनाविरुद्धकाे खाेप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने प्रयास भइरहेकाे छ’

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताएका छन् ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई प्रवेश सहज गराउने सरकारको तयारी रहेको बताएका हुन् ।

उनले नेपाल आउने व्यक्तिले क्वरेण्टीन बस्नुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरि सहज बनाउने तयारी गरेको बताए ।

७२ घण्टाभित्र पीसीआर परीक्षण गराएर आएको रिपोर्ट र नेपालमा परीक्षण गर्दा पनि पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरूलाई आफ्नो गन्तव्यमा सजिलै जान दिने व्यवस्था गर्न लागेको पनि मन्त्री ढकालले बताए ।

                                                                                                              उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *