Sajhamanch Archive

केटु हिमाल आरोहण टोलीलाई पूर्वराजाको बधाई

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले केटु हिमाल आरोहण टोलीका सदस्यहरुलाई बधाई दिएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै शाहले हालसम्म कोही पनि नपुगेको ठाउँमा आरोहण गर्दै कीर्तिमानी कायम गरेका निर्मल पूर्जा नेतृत्वको टोलीलाई बधाई ज्ञापन गरेका हुन् ।

‘सर्वाधिक चिसो मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवं सम्मान भाव व्यक्त गर्दछु’ उनले विज्ञप्तिमा भनेका छन्, ‘त्यस्तो प्रयन्तबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्ठामा वृद्धि भएको सुखद् अनुभूति मैले गरेको छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *