Sajhamanch Archive

सिम्रिक साकोसको सदस्य भेटघाट तथा रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, सहकारी by .

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सदस्य भेटघाट तथा रणनीतिक योजना तर्जुमा गोष्ठी शनिबार सम्पन्न भएको छ ।

संस्थाका शिक्षा उपसमिति संयोजक मेहरमान विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संस्थाका अध्यक्ष सुवास भट्टराई रहेका थिए ।

उक्त गोष्ठीको सहजीकरण संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले गरेका थिए । उनले संस्थाले २०७७ पुस मसान्तसम्म गरेको कार्यको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

बस्नेतले संस्थाका शेयर सदस्य ३० हजार एक सय २२ जना, शेयर पूँजी १८ करोड ८१ लाख १७ हजार पाँच सय रपैयाँ र संस्थामा १९३ जना कर्मचारी रहेको बताए ।

उनले लगानीका प्रकार, बचतका प्रकार, वित्तीय सुविधा, सदस्य स्वास्थ्य उपचार सेवा, मृत्यु राहात सुुविधा लगायतका सेवा तथा संस्थाले यसअघि गरेका विभिन्न गतिविधिका बारेमा उपस्थित शेयर सदस्यहरुलाई जानकारी गराएका थिए ।

सो अवसरमा प्रमुख अतिथि संस्थाका अध्यक्ष भट्टराई, गौरव कृषि सहकारी संस्थाका अध्यक्ष घनश्याम न्यौपाने, अमृत बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष ख्यामराज ढकाल लगायतले आ -आफना धारणा राखेका थिए ।

शिक्षा उपसमिति सदस्य मदनकुमार रिजालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षा उपसमिति सदस्य बद्री प्याकुरेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *