Sajhamanch Archive

दाहाल र नेपाल माइतीघरमा धर्ना बस्‍ने

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ विघटन गरेपछि आन्दोलनरत नेकपा नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आज माइतीघरमा धर्ना बस्ने भएका छन् ‌।

प्रतिनिधि सभा विघटनको असंवैधानिक घोषणा खारेजी मागसहित माइतीघरमा जारी धर्नामा आइतबार दाहाल र नेपाल आउने भएका सो समूहका एक नेताले जानकारी दिए । दाहाल र नेपाल मध्याह्न १२ बजेदेखि धर्नामा बस्नेछन् ‌।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ विघटन गर्दै आगामी वैशाखमा मध्यावधि चुनाव घोषणा गरेका थिए । सो कदम असंवैधानिक भएको भन्दै सत्तारूढ नेकपा दुई फ्याक भइसकेको छ ।

विभाजनले औपचारिकता नपाएपनि ओली समूह र दाहाल-नेपाल समूहले देशभर प्रदर्शन, आमसभा, भेला र प्रशिक्षण गर्दै एक-अर्कोविरुद्ध कटाक्ष गरिरहेका छन्‌ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *