Sajhamanch Archive

संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको विरोध

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्को पदाधिकारी नियुक्तिका लागि गरिएको सिफारिस फिर्ताबारे राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले असन्तुष्टि जनाएका छन् ।

तिम्सिनाले सोमबार पत्रकार सम्मेलन गरी सभामुखको निर्णयको विरोध गरेका हुन् । सभामुखको पत्रले राष्टिय सभाको गरिमामा समेत प्रहार गरेको उनले बताएका छन् ।

नेपालका संविधान र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ ले संसदीय समिति गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको उनले बताएका छन् ।

संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दलको सभापति शेरबहादुर देउवा नगएपछि अध्यक्षसहित तीन सदस्यले संवैधानिक परिषद्को नियुक्ति गर्न सक्नेगरी अध्यादेश ल्याएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *