Sajhamanch Archive

प्रधानमन्त्री ओलीले गरे ढल्केबर सबस्टेसनको उद्घाटन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

धनुषा । धनुषाको ढल्केबरमा देशकै ठूलो चार सय सय केभीको सब–स्टेशनको उद्घाटन भएको छ । ढल्केबरमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सब–स्टेशनको उद्घाटन गरेका हुन् ।

सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सब–स्टेशन निर्माण भएको हो । चार सय केभी सब–स्टेशनबाट झण्डै नौ सय मेगावाट विद्युत् चार सय केभी र दुई सय २० केभीमा आदानप्रदान गर्न सकिन्छ ।

चार सय केभी प्रसारण लाइनमार्फत् भारतसँग झण्डै एक हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने र हेटौँडादेखि इनरुवासम्म बन्दै गरेको चार सय केभी प्रसारण लाइनको निर्माण सकिएपछि झण्डै दुई हजार मेगावाटसम्म विद्युत् हेटौँडातर्फ र दुई हजार मेगावाट विद्युत् इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तयार हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल–भारतबीच विद्युत् आदानप्रदान गर्न अब ढल्केबर सब–स्टेशन उपयुक्त माध्यम बनेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए । प्राधिकरणले २२ करोड ४३ लाखको लगानीमा सब–स्टेशन बनाएको हो । गएको कात्तिक २६ गते नै सब–स्टेशन पूर्णरूपमा चार्ज गरिएको थियो ।

                                                                                                                        उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *