Sajhamanch Archive

करणको फिल्ममा आलिया र रणवीर

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

नायक रणवीर सिंह र नायिका आलिया भट्टले यसअघि चलचित्र ‘गल्ली ब्वाई’मा काम गरेका थिए । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई मात्र गरेन, आलिया र रणवीरको करिअरलाई पनि धेरै फाइदा गर्यो ।

अब, यो जोडी फेरि पर्दामा फर्किने तयारीमा छ । निर्देशक करण जोहरको निर्देशनमा बन्न लागेको एक चलचित्रमा आलिया र रणवीरले काम गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार, करण जोहर अहिले चलचित्रको कथामा व्यस्त छन् । करणले निर्देशन गरेको पछिल्लो चलचित्र ‘ए दिल हे मुश्किल’ हो । रणवीर सिंहले भने करणको निर्देशनमा पहिलो पटक काम गर्दैछन् । आलियाले आफ्नो डेब्यू नै करणको निर्देशनमा बनेको चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *