Sajhamanch Archive

अनेरास्ववियू धुलाबारी माविको अध्यक्षमा आर्यन

Published: (Updated: ) in राजनीति, शिक्षा by .

धुलाबारी । मेचीनगरस्थित धुलाबारी माध्यमिक विद्यालयमा आर्यन पौडेलको अध्यक्षतामा अनेरास्ववियू कमिटी गठन भएको छ । पौडेलको नेतृत्वमा ६१ सदस्य अनेरास्ववियू कमिटी गठन भएको हो ।

कमिटिको उपाध्यक्षमा अञ्जली राजवंशी, सचिवमा भवेश दाहाल, सह-सचिवमा इशा न्यौपाने र प्रज्वल अधिकारी तथा कोषाध्यक्षमा सुमन बुढा चयन भएका छन् ।

धुलाबारी मावि परिसरमा आज आयोजना भएको कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटि सदस्य सन्तोष धमला, मेचीनगर नगर संयोजक आशिष पौडेल र काकँरभिट्टा बहुमुखी क्याम्पस संयोजक बिनम सरदारलगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन सुर्लभ भण्डारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *