दिनभरी काम गर्नेहरु भन्दा अल्छीहरु धेरै बाँच्छन् : शोधकर्ताको दाबी
Published:
by .चार्ल्स डार्विनको ‘सर्भाइभल अफ द फिटेस्ट’ नियम विपरित वैज्ञानिकले एउटा नयाँ खोजी गरेको छ ।
केही समुन्द्री जीवमाथि गरिएको अनुसन्धान अनुसार जुन प्रजाती दैनिक रुपमा धेरै ऊर्जा खर्च गर्छन् उनीहरु कम ऊर्जा खर्च गर्ने आफ्ना समकक्षीको तुलनामा कम बाँच्ने तथ्य खुलेको छ ।
अर्थात्, दिनभरी काम गर्ने प्रजातीभन्दा अल्छी प्रजाती लामो समयसम्म बाँच्छन् ।
वैज्ञानिकले करिब दुई सय ९९ भिन्न समुन्द्री जीवलाई अनुसन्धानमा समावेश गरेका छन् ।
धेरै ऊर्जा खर्च गरेका कारण यी जीवको मेटाबोलिजम तेज थियो जबकी कम ऊर्जा खर्च गर्नेहरुको मेटाबोलिजम निकै कम भएको अनुसन्धानमा पाइयो ।
कन्सास युनिभर्सिटीमा बायोलोजीका प्राध्यापक ब्रुस लिबरम्यानका अनुसार मेटाबोलिजम जति स्लो हुन्छ, बाँच्ने क्षमता त्यति नै धेरै ।
वास्तवमा, कम ऊर्जा खर्च गर्नेहरुलाई खानामार्फत कम ऊर्जाको आवश्यकता पर्छ ।
यस्तोमा उनीहरु मुश्किल अवस्थामा पनि निकै सजिलै जिवित रहन सक्छन् ।
यसको ठिक विपरित धेरै ऊर्जा खर्च गर्नेहरुलाई मुश्किल समयमा पनि धेरै ऊर्जाको आवश्यकता पर्छ जुन पूर्ती नभएका कारण उनीहरु कमजोर हुन्छन् र चाँडै मर्छन् ।
प्रजाती लोप हुने कारण खोज्नमा मद्दतः
प्रोसिडिङ्ग्स अफ रोयल सोसाइटी बीमा छापिएको यो अनुसन्धानमार्फत संरक्षणकर्ताले अब चाँडै नै जलवायु परिवर्तनका कारण कुन प्रजाती लोप हुँदैछन् भन्नेबारे पत्ता लगाउन सक्नेछन् ।
संसारभरीको जलवायु लगातार परिवर्तन भइरहेका कारण थुप्रै जीवको भोजन समाप्त हुने तयारीमा छ । यस्तोमा धेरै ऊर्जा खर्च गर्ने जीव पहिले नै लोप हुने खतरामा छन् ।
वैज्ञानिकले अब जमिनमा बस्ने जनावर र मनुष्यमागि पनि यो नियम लागु हुने नहुने बारे अनुसन्धान गर्ने जानकारी दिए । यद्यपी, वैज्ञानिकले यो अनुसन्धानले अल्छी व्यक्तिहरु स्वस्थ हुन्छन् भन्ने जानकारी दिन खोजिएको होइन भनेका छन् ।
एजेन्सी
Comments