Sajhamanch Archive

जसपाद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।

घोषित कार्यक्रम अनुसार जिल्ला स्तरमा माघ २३ गते जनप्रदर्शन, माघ २५ गते पुत्ला दहन र माघ २८ गते मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम छ ।

जसपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका तथा वडा स्तरमा परिस्थिति अनुसार विरोधका कार्यक्रमहरु निर्धारण गरी आन्दोलनलाई जारी राख्ने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *