तराईका जिल्ला बाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने
Published:
by .झापा । आज तराईका जिल्ला बाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।
तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद् समिर श्रेष्ठले बताए । नेपालमा भोलि प्रवेश गर्ने पश्चिमी वायुको प्रभाव पछि भने तराईका जिल्लामा हुस्सु कुहिरो हट्दै जाने अनुमान गरिएको उनले बताए ।
आज बेलुका पश्चिमी वायुको प्रभावका कारण पश्चिम क्षेत्रको मौसम बद्ली हुने सम्भावना छ । पश्चिमका धेरै ठाउँमा भोलि पानी पर्ने र देशका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव आउँदो शनिबारदेखि कमजोर हुँदै जाने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
Comments