Sajhamanch Archive

कोरोनाको नक्कली खोप बनाएको आरोपमा ८० भन्दा धेरै पक्राउ

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । चीनमा कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा तीन वटा सहरबाट ८० जनाभन्दा धेरैलाई पक्राउ गरिएको छ ।

स्थानीय प्रहरीले जियाङ्सु, बेइजिङ र शानडोङबाट तीन हजारभन्दा धेरै नक्कली खोप पनि बरामद गरेको छ ।

न्युज एजेन्सी सिन्ह्वाका अनुसार यस्तो नक्कली काम गएको सेप्टेम्बरदेखि सुरु भएको प्रहरीले बताएको छ । नक्कली खोपमा पहिले नै भरिएको सिरिन्ज समावेश गरिएको र उच्च मूल्यमा बेचिँदै आएको अधिकारीहरूले बताएका छन् ।

चीनमा अहिले सिनोभ्याक र सिनोभ्याक कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाइँदै छ । यी दुई कम्पनीले टर्कीसहित अन्य देशमा खोप पठाइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *