Sajhamanch Archive

नेविसंघ शहीद दशरथ चन्द माविको सभापतिमा रिजाल

Published: (Updated: ) in राजनीति, शिक्षा by .

मेचीनगर । चारआलीस्थित शहीद दशरथ चन्द माध्यमिक विद्यालयमा इश्वर रिजालको सभापतित्वमा नेविसंघ इकाइ समिति गठन भएको छ । रिजालको नेतृत्वमा ५५ सदस्य नयाँ समिति चयन गरिएको हो ।

समितिको उप-सभापतिमा लक्ष्मी कटेल र अनुप भट्टराई, सचिवमा निकेश बि.क.र रविना प्रधान, सह-सचिवमा मिलन गौतम, मनिषा सापकोटा, सौरभी सिवा, समिर केसी, जीवन घिमिरे र जोरी खातुन सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा रुबिना डाँगी र जमुना भेटवाल तथा स्नातक तह तथा +२ संयोजकमा समिक्षा सिवा र सुमना धिमाल चयन भएका हुन् ।

नेबिसंघ शहीद दशरथ चन्द माविका निर्वतमान सभापति असल लिम्बूको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेविसंघ झापा जिल्ला प्रवक्ता सञ्जय निरौला रहेका थिए ।

त्रिदेव नेविसंघका इकाइ सभापति आइतहाङ लिम्बूले नेबिसंघको संक्षिप्त परिचयसहित कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

त्रिदेव नेविसंघका इकाइ उप-सभापति अर्जुन गौतमले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सौरभ बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *