Sajhamanch Archive

१ लाख ४५ हजारभन्दा बढीले लगाए कोरोना खोप

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । बुधबारसम्म देशभर ७७ जिल्लाको २०१ खोप केन्द्रबाट १ लाख ४५ हजार ८४४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनीमा २१ हजार ४५४, कर्णालीमा ७ हजार ३२६ र सुदूरपश्चिममा १० हजार १ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतले सरकारले अनुदानमा दिएको १० लाख डोज खोप कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिनेलाई १० दिनभित्र लगाइसक्ने सरकारको योजना छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *