देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
Published:
by .झापा । आज हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही ठाउँ र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।
आज राति वाग्मती प्रदेशभन्दा पश्चिमतिर पश्चिमी वायुको प्रभाव पर्ने र हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए ।
उनकाअनुसार अहिले नेपालमा पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको छ । यस्तै अहिले पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद्ले बताएका छन् ।
Comments