Sajhamanch Archive

दोस्रो स्पोर्टस् अवार्डमा थपियो विधा र पुरस्कार

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले दोस्रो स्पोर्टस् अवार्ड मेची अञ्चलस्तरीय बनाउँदै आगामी माघ ७ गते आयोजना गर्ने घोषणा गरेको छ ।

मञ्चले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी स्पोट्र्स अवार्डको क्षेत्र फराकिलो बनाउँदै पुरस्कार रकम तथा पुरस्कृत गरिने विधाको सीमा वृद्धि गरेको जनाएको हो ।

मञ्चका अध्यक्ष रमेश समदर्शीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार दोस्रो स्पोर्टस् अवार्डमा पुरुष खेलाडी, महिला खेलाडी, कोच, पिपुल च्वाइस, युवा खेलाडी र लाइफटाइम एचिभमेन्टका प्रतिभाहरु अवार्डेड हुनेछन् ।

यो वर्ष पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ पुर्याइएको छ भने पुरुष खेलाडीलाई मोटरसाइकल तथा महिला खेलाडीलाई स्कुटर प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडीलाई प्रदान गरिने मोटरसाइकल र स्कुटरको प्रायोजन झापा ११ फुटबल क्लबका अध्यक्ष समाजसेवी जलकुमार गुरुङले गर्ने घोषणा पनि गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गर्ने दोस्रो स्पोर्टस् अवार्ड सम्पन्न गर्न विभिन्न ९ वटा उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *