Sajhamanch Archive

म्यानमारको सैन्य ‘कू’ विफल पार्न यूएन महासचिवकाे आह्वान

Published: in विश्व समाचार by .

एजेन्सी । संयुक्त राष्ट्र सङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरसले गएको सोमवार म्यानमार भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् ।

महासचिव गुटेरेसले म्यानमारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन् । उनले यो विषयलाई लिएर सुरक्षा परिषदमा एकता हुने आशा रहेको बताएका छन् ।

‘यो कू विफल बनाउन म्यानमारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै हामी गर्नेछौँ’, उनले भनेका छन्, ‘जनचाहना र चुनावको परिणामलाई उल्ट्याउनु पूर्णरूपमा अस्वीकार्य छ । म आशा गर्छु कि म्यानमारको सेनालाई देश चलाउने तरिका यो होइन भनेर बुझाउन सम्भव छ ।’

सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सू चीलाई गिरफ्तार गरेको थियो । म्यानमारको प्रहरीले सू चीविरुद्ध विभिन्न अभियोग लगाएको छ र फेब्रुअरी १५ तारिखसम्म उनी हिरासतमा रहनेछिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *