दमक उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न
Published: (Updated: )
by .कमल । नेपाल उद्योग वाणिज्य महासंघका वाणिज्य उपाध्यक्ष दिनेश श्रेष्ठले विभिन्न समूहले गर्ने बन्दप्रति नीजि क्षेत्र चिन्तित भएको जनाएका छन् ।
दमक उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका श्रेष्ठले साधारणसभा उद्घाटनका क्रममा बोल्दै बन्दले नीजि क्षेत्रलाई प्रभावित बनाउँदा आर्थिक हिसाबले कमजोर भएकोले त्यस्ता कार्यक्रम नगरिदिन आग्रह गरे ।
उद्योग वाणिज्य महासंघ लगायत विभिन्न संस्थाले बन्द भएमा देशको आर्थिक अवस्था अझ बढी प्रभावित पर्ने भएकोले बन्द नगर्न विज्ञप्ति मार्फत जानकारी गराएको समेत उपाध्यक्ष श्रेष्ठले अवगत गराए ।
‘९ महिनासम्म कोभिडले थलापारेको नीजि क्षेत्र बल्ल अलिअलि तङ्ग्रिन थालेको थियो’ श्रेष्ठले भने, ‘विभिन्न दलको बन्दले निजी क्षेत्र तहसनहस हुनसक्छ, त्यसैले दलहरुका आफ्ना मुद्धा कोठाभित्र बसेर आफैं मिलाउन आग्रह गरे ।
कार्यक्रममा पूर्व अध्यक्ष प्रकाश प्रसाई, आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख डम्वरु पराजुली, उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, केन्द्रीय सदस्य तथा ताम्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष ताराप्रसाद घिमिरे दमक नगरपालिका वडा नम्वर ७ का अध्यक्ष भिमप्रसाद पौडेल लगायतले साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा उद्योग वाणिज्य संघबाट प्रदेश केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने व्यवसायी टिकाराज ढकाल, पशुपति बराल, सुभाष आचार्य, भेषराज धमलालगायत आधा दर्जन व्यवसायीलाई सम्मान समेत गरिएको छ ।
Comments