Sajhamanch Archive

ग्लोबल आइएमइ बैंकद्वारा १०० परिवारलाई न्यानो कपडा वितरण

Published: (Updated: ) in अर्थतन्त्र, समाज, स्थानीय तह by .

मेचीनगर । ग्लोबल आइएमइ बैंकले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसर पारेर असाहाय तथा न्यून आर्थिक अवस्था भएका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमइ बैंक चारआली शाखाको आयोजनामा आज मेचिनगर नगरपालिका वडा नं.१२,१३ र १४ का १०० परिवारलाई ब्ल्यान्केट वितरण गरेको हो ।

बैंकका चारआली शाखा प्रबन्धक सुरेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि ग्लोबल आइएमइ बैंक १ नम्बर प्रदेश प्रमुख सुभाष सापकोटा रहेका थिए ।

उक्त कार्यक्रममा नयाँ श्रीनाथ गणका गणपती अमरजङ्ग थापा, मेचिनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष नरेन्द्र धिमाल, वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, वडा नं.१४ का वडाध्यक्ष शंकर पोखरेल र ग्लोबल आइएमइ बैंक प्रादेशिक कार्यालयका निश्चल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि सापकोटाले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा धेरै प्रकारका सामाजिक कार्यहरु गर्दै आएको र भोलिका दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिइरहने जिकिर गरे ।

उक्त कार्यक्रममा मेचिनगर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, लायन्स क्लब अफ धाइजन चारआलीका अध्यक्ष हरिप्रसाद घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

बैंकका कर्मचारी एलिजा पौडेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा राजु धिमालले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन चारआली शाखाका अपरेसन इन्चार्ज सन्तोष न्यौपाने गरेका थिए ।

‘सबैका लागि बैंक’भन्ने लक्ष्यका साथ अघि बढीरहेको देशकै ठुलो ‘क’ श्रेणीको बैंक ग्लोबल आइएमइ बैंकको हालसम्म २६८ शाखा ४७ एस्टेन्सन काउन्टर र २४५ शाखारहित बैन्किङ सेवा २४०एटीएम र ३ वटा देशमा सम्पर्क कार्यलय रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *