Sajhamanch Archive

मांसाहारी आन्दोलन गर्नेहरूलाई ‘जु’मा लगेर राखिन्छ : गृहमन्त्री थापा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा (चिडियाखाना) लगेर बन्द गरिने बताएका छन् ।

शुक्रबार नेकपा ओली पक्षले काठमाडौँमा आयोजना गरेको जन सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापा बादलले प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै यस्तो बताएका हुन्।

‘उनले मांसाहारी आन्दोलन गरेर मांसाहारी तरीकाद्वारा नेतृत्वलाई अपदस्थ गरिनेछ । मांसाहारी आन्दोलन गर्नेलाई संविधान र कानुनले अपराध घोषित गरेका छन्’, उनले भने।

गृहमन्त्री थापाले प्रतिगामी र अवसरवादी तत्वहरुले नेतृत्वलाई अपदस्थ गर्न सबै प्रकारको षडयन्त्र र भ्रमको सहारा लिँदै गइरहेको पनि बताए ।

केही समयअघि अध्यक्ष प्रचण्डले नेकपाका युवालाई सम्बोधन गर्दै प्रतिगमनविरुद्ध आन्दोलनलाई सशक्त बनाउन मांसाहारी आन्दोलन आवश्यक रहेको बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *