Sajhamanch Archive

संयुक्त राष्ट्र सङ्घकाे सुरक्षा परिषद्ले भन्यो, ‘सू चीलाई रिहा गर’

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । संयुक्त राष्ट्र सङ्घ (यूएन) को सुरक्षा परिषद्ले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीलगायत पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न भनेको छ ।

परिषद्ले विज्ञप्ति निकालेर सबै सदस्य राष्ट्रहरूले म्यानमारमा घोषणा गरिएको सङ्कटकाल र सू चीलगायत नेताहरूलाई पक्राउ गरिएको घटनामा गहिरो चासो व्यक्त गरेको भन्दै तत्काल रिहा गर्न भनेको हो ।

परिषद्की अध्यक्ष बार्बरा वुडवार्डले निकालेको विज्ञप्तिमा सुरक्षा परिषद्का सदस्यहरूले म्यानमारको प्रजातान्त्रिक प्रक्रियाको निरन्तरतामा जोड दिएका उल्लेख छ ।

सुरक्षा परिषद्को विज्ञप्तिमा प्रजातान्त्रिक संस्था र प्रक्रियाहरू पालना, हिंसा हुन नदिने, मानव अधिकारको पूर्णरूपमा सम्मान गर्ने, स्वतन्त्रता र कानुनको शासनको आवश्यकतामा जोड दिइएको छ ।

संयुक्त राष्ट्र सङ्घले म्यानमारका नागरिक समाज र मिडियाकर्मीहरूमाथि लगाइएका प्रतिबन्धबारे पनि चिन्ता व्यक्त गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *