संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
Published:
by .काठमाडौं । संवैधानिक निकायमा भएका नियुक्ति बदरको माग गर्दै दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ ।
वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले संवैधानिक आयोगमा गरिएका नियुक्ति बदरको माग गर्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै आज न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
शपथसमेत रोक्न माग गरिएको रिटमा शपथ भइसकेकाले सोबारे फैसलामा बोल्ने आदेशमा उल्लेख भएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।
रिटमा संसदीय सुनुवाइ नगरी नियुक्त गरिनु असंवैधानिक भएको भन्दै उनीहरूलाई काम गर्नबाट रोक्नुपर्ने र नियुक्ति बदर गर्नुपर्ने माग गरिएको छ ।
शुक्रबार सोही नियुक्तिविरुद्ध सभामुख अग्नि सापकोटाले पनि प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतलाई विपक्षी बनाई रिट दायर गरेका छन् । सो रिटमा आइतबार पेसी तोकिएको छ ।
बाह्रखरीबाट
Comments