क्षितिज साहित्य प्रतिष्ठानको मासिक काव्य सभामा रमाए श्रष्टा
Published:
by .विर्तामोड । क्षितिज नाट्य समूह झापाको उपसमिति अन्र्तगत गठन गरिएको क्षितिज साहित्य प्रतिष्ठान झापाको आयोजनामा मासिक काव्य सभा सम्पन्न भएको छ ।
क्षितिज साहित्य प्रतिष्ठान झापाका अध्यक्ष साहित्यकार तुलसीप्रसाद भट्टराईको अध्यक्षता तथा सचेत धिमाल युवा समाजका अध्यक्ष हरि धिमालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य कृष्ण पोखरेलले स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि धिमालले दान पेटीकामा एक हजार २० रुपैयाँ छिराएर कार्यक्रमको उद्घाटन गरेका थिए भने दुर्गा सिग्देलले एक हजार रुपैयाँ प्रदान गरेका थिए ।
क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा आयोजित कार्यक्रममा साहित्यकारहरु देवीचरण भण्डारी, खगिन्द्रा खुशी,अच्युत दाहाल , अञ्चु सुवेदी, दुर्गा सिग्देल, समिक्षा खतिवडा, मिना अधिकारी, सुजन शिवाकोटी, सिताराम भट्टराईलगायतले गीत , कविता वाचन गरेका थिए ।
कार्यक्रममा नायक तथा निर्माता निश्चल बस्नेतले प्रदेश न. १ कै ऐतिहासिक धरोहरको रुपमा क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण भइरहेको र यसको निर्माणमा सहयोग गर्न सवैलाई आग्रह गरेका थिए ।
उनले आफू पनि रंगकर्मी भएको वताउँदै बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरले प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष माधब कल्पितले लोप हुन लागेको भाषा, कला र साहित्यको संरक्षण र सम्वद्र्धन गर्दै सबै जातजाति तथा भाषाभाषिको सामुहिक अपनत्व कायम गराउने उद्धेश्यले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा सबै क्षेत्रका श्रष्टालाई अवसर प्रदान गरी उनीहरुका प्रतिभा प्रस्फुटन गराउन मासिक काव्य सभा शुरु गरिएको बताए ।
कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष माधब कल्पित र प्रतिष्ठानका सदस्य ताराप्रकाश भट्टराईले गरेका थिए ।
Comments