Sajhamanch Archive

चिनियाँ युवाहरू आइमाईजस्तै बन्दै गएको चीनको चिन्ता

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । चीनको शिक्षा मन्त्रालयले चिनियाँ युवाहरू आइमाईजस्तै बन्दै गएको सूचना जारी गरेको छ ।

चीन सरकारले यस विषयमा चिन्ता व्यक्त गर्दै देशका लोकप्रिय पुरुष मोडलहरू सेनाका नायकजस्तै मजबुत तथा हृष्टपुष्ट नभएको बताएका छन् । बिबिसीमा उल्लेख गरेअनुसार केहीले उक्त सूचनाको आलोचना गरेका छन् भने कतिपयले यस्तो धारणाका लागि चीनका पुरुष सेलिब्रेटीहरू आंशिकरुपमा जिम्मेवार रहेको आरोप लगाएका छन् ।

अघिल्लो हप्ता शिक्षा मन्त्रालयले किशोरावस्थाका केटाहरूमा केटीजस्तै हुने प्रवृत्ति रोक्नका लागि उक्त सूचनामा शारीरिक शिक्षामा सुधार गर्ने कुरा गरिएको छ । सन्यास लिइसकेका खेलाडी तथा खेलकुदको पृष्ठभूमिमा रहेका मानिसलाई शिक्षकको रुपमा भर्ना गर्नुपर्ने सल्लाहसमेत सूचनामा उल्लेख छ ।

छात्रहरुमा पुरुषत्व जागृत गराउनका लागि फुटबलजस्ता खेलमा विशेष ध्यान दिनुपर्नेसमेत बताइएको छ । अघिल्लो वर्षको मे महिनामा चीनको शीर्ष सल्लाहकार समितिका प्रतिनिधि सी जेफूले चिनियाँ युवाहरू कमजोर, डरपोक र हीन भावनाले ग्रसित हुँदै गएको बताएका थिए । चिनियाँ पुरुषहरूमा महिलाको जस्तो प्रवृत्ति बढिरहेको उनको दाबी थियो ।

यसका लागि आंशिक रुपमा घरको माहोल, बच्चाहरुको लालनपालन, पुरुष सेलिब्रेटीहरुको बढ्दो क्रेजलाई जिम्मेवार ठानिएको छ । जसकारण धेरैजसो बच्चाहरू अब सेनाको नायक बन्न चाहँदैनन् । छात्रहरुलाई सन्तुलित शिक्षा दिनमा स्कुलहरुले अहम् भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *