Sajhamanch Archive

विवाहको तीन महिनामा नेहा धुपियाले देखाइन् ‘बेबी बम्प’

Published: in टिप्स/जानकारी by .

एजेन्सी । बलिउड नायक अंगद बेदीले सोसल मिडियामा श्रीमती नेहा धुपिया गर्भवती भएको पुष्टि गरेका छन् ।

नेहा र अंगदले इन्स्टाग्राममा केही तस्बिर पोष्ट गरेर यसबारे जानकारी दिएका हुन् ।

गत मे १० तारिखमा निकै गोप्य रुपमा यी दुईले विवाह गरेका थिए ।

त्यतिबेला नेहा गर्भवती भएकाले हतारमा विवाह गरेको भन्ने समाचार सार्वजनिक भएका थिए ।

यो खबरलाई अंगदले ठाडो अस्विकार गरेका थिए । विभिन्न कार्यक्रममा अंगदलाई यसबारे धेरैपटक प्रश्न सोध्दासमेत उनले यसलाई अफवाहको संज्ञा दिएका थिए ।

तर अहिले भने अंगदले उक्त अफवाह सही निस्किएको भन्दै इन्स्टाग्राममा जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *