प्रणय-सप्ताह : प्रेम उत्सव
Published: (Updated: )
by .फेब्रुअरी ७ देखि १४ तारिकसम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात यसरी बुझौं, फेब्रुअरी १४ को उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ । अतः सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ ।
फेब्रुअरी ७
यो दिनलाई रोज डे भनिन्छ । अर्थात उपहार स्वरुप गुलाबको फूल दिने दिन । आफ्नो प्रेम भावना व्यक्त गर्ने माध्याम हो, गुलाब । खासगरी रातो गाढा रंगको गुलाब उपहारमा दिइन्छ ।
फेब्रुअरी ८
प्रपोज डे । अर्थात प्रेम प्रस्ताव राख्ने दिन । आफुले मन पराएको व्यक्तिलाई प्रेमका लागि खुलेर प्रस्ताव राख्ने दिन हो यो ।
फेब्रुअरी ९
यसलाई चकलेट डेको रुपमा मनाइन्छ । यस दिन आफ्ना प्रेमी–प्रेमिकालाई चकलेट दिएर सम्बन्धमा मिठास ल्याइन्छ ।
फेब्रुअरी १०
टेडी डे भनिन्छ । टेडी टोयज दिएर प्रेमलाई थप गहिराइमा पु¥याउन सकिन्छ ।
फेब्रुअरी ११
यस दिनलाई प्रमिस डे भनिन्छ । अर्थात बाचा गर्ने दिन । एक अर्काको प्रेम पक्का हो भनेर वाचा गर्ने मेसो हो यो ।
फेब्रुअरी १२
अब पालो आयो चुम्बनको । प्रेम व्यक्त गरेको पाँच दिनपछि एकआपसमा चुम्बन गर्न सकिन्छ । यसले सच्चा प्रेमको संकेत गर्छ ।
फेब्रुअरी १३
यस दिनलाई हग डे भनिन्छ । अंकमाल गर्ने दिन । आफ्ना प्रेमिका वा प्रेमीलाई अंकमाल गरेर प्रेमलाई थप कसिलो बनाउने दिन हो यो ।
फेब्रुअरी १४
यो प्रेम उत्कर्षमा पुग्ने दिन हो । यसलाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवस भनिन्छ । प्रेम गर्नेहरुका लागि सबैभन्दा ठूलो उत्सव । यस दिन कुनै पनि गिफ्ट दिएर प्रेम सम्बन्धलाई अझ उचाईमा पु¥याउन सकिन्छ ।
Comments