Sajhamanch Archive

नरिवल तेलको विवाद यसले फाइदा गर्छ कि बेफाइदा

Published: (Updated: ) in स्वास्थ्य by .

नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ ।

हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् ।

‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’

मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ ।

सेचुरेटेड फ्याट अत्यधिकः

केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन्स जर्नलिस्ट हुन् । उनले मेडिसिन र साइन्समा बीबीसीका लागि निकै काम गरेका छन् । अनुसन्धानमा उनले पाए कि मानिसहरुले नरिवलको तेललाई निकै नै स्वस्थकर मान्छन् ।

हलिउडकी नायिका एन्जेलिना जोलीले आफ्नो ब्रेकफास्टमा नरिवल तेल प्रयोग गर्छिन् भन्ने खबर छ ।

तर नरिवलको तेल फाइदाजनक छ छैन, यसबारे धेरै समयदेखि बहस चलिरहेको छ । थुप्रै वैज्ञानिकले यसलाई हानिकारक फ्याटयुक्त भएको बताउँछन् ।

भारतको हैदराबादस्थित नेशनल इन्स्टिच्युट अफ न्यूट्रिशन ९एनआईएन० का उप–निर्देशक डाक्टर अहमद इब्राहिमले नरिवल तेलमा लगभग ९० प्रतिशत सेचुरेटेड फ्याट हुने बीबीसीलाई बताए ।

डा। माइकलले जुन अनुसन्धान गरे त्यसमा पनि यही तथ्य भेटियो । उनका अनुसार नरिवल तेलमा पाइने सेचुरेटेड फ्याट नौनीमा भन्दा धेरै हुन्छ । नरिवलमा ८६ प्रतिशत सेचुरेटेड फ्याट हुन्छ भने नौनीमा ५१ प्रतिशत ।

हानी पनि, फाइदा पनिः

अब प्रश्न यो उठ्छ कि सेचुरेटेड फ्याटयुक्त खाना खाँदा कस्तो हानी हुनसक्छ रु

वैज्ञानिकका अनुसार सेचुरेटेड फ्याटले शरिरमा गुड र ब्याड दुबै प्रकारको कोलेस्ट्रोललाई बढाउने गर्छ । तर दुबैले शरिरमा भिन्न असर देखाउने गर्छन् ।

डा।माइकल यसबारे भन्छन्, ‘जुन खानामा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ त्यसले हाम्रो रगतमा लो डेन्सिटी लिपोप्रोटिन ९एनडीएल० को मात्रा बढाउने काम गर्छ । एलडीएललाई नै ब्याड कोलेस्ट्रोल भनिन्छ ।’

एलडीएलको मात्रा जब धेरै हुन्छ तब यसले हाम्रो धमनीमा रक्त प्रवाह रोकिने खतरा बढ्ने गर्छ ।

यस्तै, अर्कोतर्फ त्यही सेचुरेटेड फ्याट हाई डेन्सिटी लिपोप्रोटिन ९एचडीएल० जसलाई गुड कोलेस्ट्रोल भनिन्छ, त्यसको मात्रा पनि बढाउने गर्छ ।

एचडीएललाई गुड कोलेस्ट्रोल यसकारण भनिन्छ किनभने यसले हाम्रो शरिरको विभिन्न हिस्सामा भएको कोलेस्ट्रोललाई कलेजोमार्फत् लैजाने गर्छ त्यसपछि हाम्रो कलेजोले कोलेस्ट्रोललाई शरिरबाट बाहिर निकाल्ने गर्छ ।

नरिवलको तेल खाने कि नखाने

डाक्टर अहमद इब्राहिम भन्छन्, ‘नरिवलको तेल खाँदा स्वास्थ्यलाई कति फाइदा पुर्याउँछ भन्ने बारे अहिलेसम्म कुनै वैज्ञानिक अनुसन्धान भएको छैन ।’ यही कुरा डाक्टर माइकलको रिपोर्टले पनि बताउँछ ।

बीबीसीले आफ्नो कार्यक्रम ‘ट्रस्ट मी, आइ एम अ डक्टर’ का लागि क्याम्ब्रिज युनिभर्सिटीका दुई प्रतिष्ठित शिक्षाविद् के–टी खाँ र निता फारोहीसँग सम्पर्क गर्यो । यो कार्यक्रममा ५० वर्षदेखि ७५ वर्षको उमेरमा ९४ मानिसहरुलाई तीन समूहमा बाँडियो ।

यीमध्ये कसैलाई पनि मधुमेह र मुटुरोग थिएन । तीनै समूहलाई चार हप्तासम्म विभिन्न प्रकारको तेल खुवाइयो । शर्त यो थियो कि एउटा समूहले चार हप्तासम्म एउटै तेलको सेवन गर्नुपर्दथ्यो ।

चार हप्तापछि जुन समूहले बटरको सेवन गरेका थिए उनीहरुको शरिरमा ब्याड कोलेस्ट्रोलको मात्रा १० प्रतिशत वृद्धि भएको पाए साथै गुड कोलेस्ट्रोल पनि पाँच प्रतिशत बढेको थियो ।

जुन समूहले ओलिभ ओइल ९जैतुनको तेल० को सेवन गरे उनीहरुको शरिरमा गुड र ब्याड कोलेस्ट्रोलको स्तर थोरै कम भयो ।

तर सबैभन्दा अचम्मित गरिदिने नतिजा नरिवलको तेल सेवन गर्ने समूहमा पाइयो । यो समूहका मानिसहरुमा ब्याड कोलेस्ट्रोलको मात्रा धेरै त होइन तर गुड कोलेस्ट्रोलको मात्रा लगभग १५ प्रतिशतसम्म बढ्यो ।

यसको यो भन्न सकिन्छ कि नरिवलको तेलको सेवन मुटुका लागि राम्रो हुन्छ ।

डाक्टर अहमद इब्राहिम भन्छन्, ‘नरिवलको तेल ऊर्जा प्राप्त गर्नका लागि निकै राम्रो स्रोत हो । साथै यसले हाम्रो शरिरमा मेटाबोलिजम पनि बढाउँछ ।’

त्यसो भए नरिवलको तेल विषालु कसरी भयो रु

यदि नरिवलको तेलले हाम्रो शरिरमा ऊर्जा बढाउँछ र मुटुको लागि पनि राम्रो हुन्छ भने यो तेललाई विषालु किन भनियो रु

डा। अहमद यसको पनि जवाफ दिन्छन्, ‘यदि कसैले नरिवलको तेल मात्र प्रयोग गरिरहेका छन् भने यसले शरिरमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक बढाउने गर्छ जसका कारण यो हानिकारक हुनसक्छ । त्यसैले विभिन्न प्रकारको तेलको सेवन गर्ने सल्लाह दिइन्छ ।’

बीबीसी प्रोग्रामबाट निस्किएको नतिजाले क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक खाँलाई अचम्मित तुल्याएको छ । उनले भने, ‘यो नतिजा कसरी आयो यसको स्पष्ट अनुमान छैन । हुनसक्छ नरिवल तेलमा पाइने सेचुरेटेड फ्याटमा लोरिक एसिड हुन्छ जसको असर रगतमा पर्छ ।’

नरिवलको तेल हाम्रा लागि पूर्ण रुपमा स्वस्थबर्धक छ वा पूर्ण रुपमा हानिकारक, दुबै विचार आफैंमा अधुरो छ । खानामा नरिवलको तेल मात्र प्रयोग गर्दा यसले हाम्रो शरिरलाई अन्य तत्वबाट टाढा राख्न सक्छ ।
एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *