Sajhamanch Archive

नेविसंघ वीरेन्द्र नमूना क्याम्पसको सभापतिमा फागो

Published: (Updated: ) in राजनीति, शिक्षा by .

भद्रपुर । चन्द्रगढीस्थित वीरेन्द्र नमूना क्याम्पसमा इश्वरी फागोको सभापतित्वमा नेविसंघ इकाइ समिति गठन भएको छ । फागोको नेतृत्वमा ३१ सदस्य समिति चयन गरिएको हो ।

समितिको उप-सभापतिमा लगन चापागाईं र हस्ना भट्टराई, सचिवमा कैलाश कार्की, सह-सचिवमा अस्मिता ढकाल र सुमन पाण्डे, कोषाध्यक्षमा निकिता भण्डारी तथा सह-कोषाध्यक्षमा जगदीस राजवंशी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सञ्जिता लुईंटेल, रोस श्रेष्ठ, राधिका घिमिरे, निकिता सिटौला, सन्ध्या बराल, रोमन श्रेष्ठ, निकिता भण्डारी, सुमन खरेल, शिवीकुमारी मण्डल, सविना काफले, प्रतिमा भण्डारी, मुना कर्मकार, दिपा रोक्का, सन्ध्या बराल, छाँया शर्मा, सुजित थापा, जमुना राजंवशी, अस्मिता भण्डारी, बिमल न्यौपाने, किरण खत्री, दिक्षा सिलवाल, कौसल पाण्डे र सुवेक्षा भण्डारी  चयन भएका हुन् ।

नेविसंघ भद्रपुर नगर सभापति सन्तोष थापाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेविसंघ झापा जिल्ला सचिव नारायण नेपाल रहेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण नेविसंघ झापा जिल्ला सदस्य रोशन शिवाकोटी र नेविसंघ भद्रपुर नगर सदस्यद्वय अन्जन अधिकारी तथा प्रतिक रौनियारले गरेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल, विशिष्ट अतिथि नेविसंघ झापाका प्रवक्ता सञ्जय निरौलाले आ-आफना धारणा राखेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन नेविसंघ वीरेन्द्र नमूना क्याम्पस पूर्व सचिव तथा झापा जिल्ला सदस्य बिपिन रिजालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *