Sajhamanch Archive

पहिलोपल्ट घोडासहित ट्रेनमा चढे एक व्यक्ति

Published: (Updated: ) in टिप्स/जानकारी by .

ट्रेनमा तपाईंले घर पालुवा कुकुर, बिरालो वा अन्य साना जनावरलाई यात्रा गराएको देख्नुभएको होला । तर बुधबार अष्ट्रियामा एक व्यक्तिले आफ्नो घरपालुवा घोडालाई नै यात्रा गराएका छन् ।

एक व्यक्तिले आफ्नो फ्रिडा नामको घोडासँगै ट्रेनभित्र प्रवेश गरे जुन त्यहाँका अन्य यात्रीका लागि कौतुहलको विषय बन्यो । उनीहरुले घोडा र ती व्यक्तिको फोटो खिचेर सोसल मिडियामा राखे जुन एकाएक भाइरल भयो ।

यद्यपी, ती व्यक्तिले घोडासँग धेरैबेरसम्म यात्रा गर्न पाएनन् । एक समाचार एजेन्सीसँग कुरा गर्दै सरकारी रेल कम्पनी का प्रवक्ताले भने, ‘घोडासँग यसरी ट्रेनमा यात्रा गर्नु खतरनाक हुनसक्छ ।

ट्रेनमा यदि अचानक ब्रेक लगाइए घोडा यसको लागि कति तयार छ र त्यसपछि उसले कस्तो व्यवहार देखाउँछ, त्यो भन्न मुश्किल छ ।’

गाइडलाइनका अनुसार ट्रेनमा ती जनावरलाई मात्र यात्रा गराउन सकिन्छ जसले कसैलाई पनि हानी नोक्सानी पुर्याउँदैन । साथै, जनावरलाई कुनै बाकस वा ब्यागमा राखेर पनि यात्रा गराउन सकिनेछ ।

घोडासँग यात्रा गरिरहेका ती व्यक्तिलाई दुई स्टेशनपछि नै ट्रेनबाट बाहिरिनका लागि आग्रह गरियो ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *