Sajhamanch Archive

दक्षिण अफ्रिकामा अक्सफोर्ड–आस्ट्राजेनेकाको खोप लगाउन रोक

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । दक्षिण अफ्रिकाले अक्सफोर्ड–आस्ट्राजेनेकाले आविष्कार गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ । एउटा अध्ययनले कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध खोपको ‘निराशाजनक’ नतिजा देखिएपछि दक्षिण अफ्रिकाले खोप लगाउने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपले कोरोनाका सामान्य तथा मध्यम खालका बिरामीलाई पनि खास काम नगरेपछि रोक लगाइएको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा स्वरूपबाट प्रभावित रहेको पाइएको छ ।

दुई हजारभन्दा धेरै मानिसमा गरिएको अध्ययनले अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपको प्रभावकारिता नभएको पुष्टि गरेको खबरमा उल्लेख छ । दक्षिण अफ्रिकाले अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपको १० लाख डोज प्राप्त गरिसकेको थियो । खोप अभियान सुरु गर्ने अन्तिम तयारी भइरहेका बेला प्रभावकारितामाथि प्रश्न उठेपछि खोप लगाउनै रोक लगाइएको हो ।

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्री ज्वेलीम कीजेले नयाँ अध्ययनको पृष्ठभूमिमा अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सरकारले अझ प्रतीक्षा गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *