Sajhamanch Archive

विरोध प्रदर्शनमा संयमता अपनाउन सेनाको आह्वान

Published: in विश्व समाचार by .

एजेन्सी । शासनसत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन सबैसँग आह्वान गरेको छ ।

देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर छ । सेनाले विज्ञप्तिमार्फत देशभरि भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गरेको हो । सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा देशभर प्रदर्शन भइरहेको छ ।

म्यानमारको सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न पनि सबैसँग आग्रह गरेको छ । प्रदर्शनकारीले स्टेट काउन्सीलर तथा चर्चित प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *