Sajhamanch Archive

गृहमन्त्रीलाई नेविसंघको ज्ञापनपत्र– भागरथीको हत्यारालाई पक्राउ गरी हदैसम्मको कारबाही गरियोस्

Published: in राजनीति, समाज by .

काठमाडौं । नेपाल विद्यार्थी संघले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै संघले मानवतालाई नै कलंकित गर्ने उक्त घटनाको घोर निन्दा र भर्त्सना गरेको हो ।

‘‘विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायतका किशोरीहरुको बलात्कार गरी हत्या गरिँदा उक्त घटनाका अपराधीहरुलाई तत्काल कडा कारबाही गर्ने कुरामा कमी–कमजोरी भएकै हुनाले हाम्रो समाजमा यस्ता अमानवीय र क्रुर घटनाले प्रशय पाउँदै गएको हाम्रो ठहर छ,’’ ज्ञापनपत्रमा भनिएको छ ।

जनतालाई शान्ति सुरक्षा दिनु सरकारको पहिलो दायित्व भएको स्मरण गराउँदै संघले सो दायित्व पूरा गर्न गम्भीर रूपमा ध्यानकेन्द्रित गर्न खबरदारी गरेको छ ।

No description available.

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *