Sajhamanch Archive

विरोधसभामा सहभागी हुन प्रचण्ड–माधवको अपील

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा गर्ने विरोध सभामा सहभागी हुन सबैलाई अपील गरेको छ ।

अध्यक्ष प्रचण्ड र माधव नेपालले संयुक्त भिडियो सन्देश जारी गर्दै भृकुटीमण्डपमा हुने विरोध सभामा सहभागी हुन अपील गरेका हुन् ।

आफूहरुको आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने अभियान पनि भएको प्रचण्डले बताएका छन् । ‘हामी सबैले लडेर प्राप्त गरेको उपलब्धिको रक्षा गर्नका निम्ति काठमाडौंको विरोधसभामा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्दछु,’ प्रचण्डले भनेका छन् ।

यसैगरी नेपालले विगतमा भएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *