Sajhamanch Archive

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली

Published: in अर्थतन्त्र by .

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन्। अर्थ मन्त्रालयले हाल राजस्व अनुसन्धान विभागमा महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजस्वमा सरुवा गर्न सिफारिस गरेको हो। मन्त्रालयका अनुसार मैनालीलाई उक्त पदमा सिफारिसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइएको छ।

सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार सम्हाल्न पाउने छन्। यसअघि महानिर्देशक रहेका विनोद कुँवरको सरुवा भएसँगै यो पद रिक्त थियो।

नागरिकदैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *